• १४ असार २०८१, शुक्रबार

बर्डफ्लु रोकथामका लागि श्रीलङ्का प्रतिवद्ध

blog

कोलम्बो, असार १० गते । श्रीलङ्काको पशु उत्पादन तथा स्वास्थ्य विभाग (डीएपीएच) का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताउनुभएको छ ।

विभागका महानिर्देशक हेमाली कोथलावालाले संयुक्त राज्य अमेरिकाबाट आएका गाईबस्तु पहिलो पटक एभियन इन्फ्लुएन्जा भाइरसबाट प्रभावित भएको पत्रकारलाई बताउँदै यसलाई रोक्न छिट्टै पहल गरिने उहाँले बताउनुभयो ।

श्रीलङ्काका अधिकारीहरू विदेशको घटनाक्रमबारे जानकार रहेको यहाँको कृषि उद्योग र उपभोक्ताको सुरक्षाका लागि कदम चालेकाले आइतबारदेखि प्रभावित मुलुकबाट आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

श्रीलङ्काले विगतका वर्षमा मानिसमा एच ९ एच ७ र एच ५ बर्डफ्लुका बिरामी पत्ता लगाउने क्षमता विकास गरेको छ । रासस/सिन्ह्वा