वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आगलागीबाट ७९ घर जले, एकको मृत्यु
गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा रु पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ ।
जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल
गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ ।
ट्याक्टर दुर्घटनामा युवकको मृत्यु
ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–६ फाकुम्बाका ३४ वर्षीय फुर्तेम्बा शेर्पाको दुर्घटनामा मृत्यु भएको हो ।
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ ।
जङ्गलभरि आगलागी : वासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ ।
दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।
कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै
कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो सङ्क्रमणको जोखिम घट्दै गएको पाइएको हो ।
बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक
शनिबार हुने प्रदेश सभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।
प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षति
सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् ।
शिवम् सिमेन्टद्वारा कोइलाको सट्टा प्लास्टिक प्रयोग गर्दा जनस्वास्थ्यमा असर
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिक जन्य वस्तु चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको छ ।
खोटाङमा डढेलो गाउँ पस्यो, एकै दिनमा १५ घर जले
डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । वराहपोखरी गाउँपालिका–१ बाराहापोखरीमा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् ।
द्रुतमार्ग निर्माणमा बजेट अभाव
सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीदेखि डोटीको दिपायल हुँदै बझाङ चैनपुर–उरै भन्ज्याङसम्म जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सरकारले पठाएको बजेट खर्च भइसकेकाले सम्पन्न हुनुपर्ने बाँकी कामका लागि बजेट अभाव देखिएको हो । धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा फास्ट ट्र्याकका लागि २५ करोड रुपियाँ बजेट आएको थियो । प्राप्त बजेट खर्च भएकाले बाँकी रहेको काम गर्न रकम अभाव भएको कार्यालयका सूचना अधिकारी दिनेश रौखेलाले बताउनुभयो । बजेट अभाव हुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो ।
नेपालमा वैदेशिक लगानी
सरकारले वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दै छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको यस सम्मेलनले लगानी आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी स्पष्टता, ‘सोकेस’ का आयोजनाको पूर्वतयारी सम्मेलनको प्रचारप्रसार तथा अतिथिलाई निम्तो दिनेलगायतका काम द्रुत गतिमा भइरहेको छ । नेपालले प्रत्यक्ष वैदेशिक लगानी खुला गरेको तीन दशक बितिसक्यो तर अन्य देशको तुलनामा नेपालमा वैदेशिक लगानी भित्रिन सकेको छैन । नेपालभन्दा गरिब एवं दासताको लामो पृष्ठभूमि बोकेका देशले कम समयमा नै गरेको उल्लेखनीय प्रगतिको मुख्य कारण ती देशले वैदेशिक लगा
मानव पुँजीको व्यवस्थापन
विकासको साधन र साध्यका रूपमा मानव विकासलाई लिइन्छ । मानव विकासका लागि मानव पुँजी व्यवस्थापन पहिलो अनिवार्य सर्तको रूपमा लिन जरुरी छ । मानवस्रोत एक मात्र यस्तो स्रोत हो, जससँग चेतना हुन्छ, सिप हुन्छ अनि यसैको माध्यमबाट अन्य सबै स्रोतसाधनको परिचालनमा प्रभावकारिता ल्याउने सामथ्र्य बोक्छ । सार्वजनिक प्रशासनमा मानव पुँजी व्यवस्थापनलाई अति महìवपूर्ण व्यवस्थापकीय आयामका रूपमा लिइन्छ । यो बहुआयामिक विषय हो । जनशक्ति योजना, जनश
औलो निवारणमा रणनीतिक प्रयास
हरेक वर्ष आजकै दिन (अप्रिल २५) मा विश्व औलो दिवस मनाइन्छ । यो दिवसलाई खास गरी औलो रोगबारे समुदायमा जनचेतना बढाउन र यसलाई निवारण गर्ने विश्वव्यापी अभियानमा राजनीतिक र सामुदायिक प्रतिबद्धता सुनिश्चित गर्ने महìवपूर्ण अवसरका रूपमा लिइन्छ । यो दिवसको नारा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्ने उद्देश्यमा केन्द्रित छ । औलो रोग एनोफिलिस नाम गरेको लामखुट्टेको टोकाइबाट सर्छ । यो प्रायः फोहोर तथा दूषित पानीमा ब
डढेलो निभाउन गएको दमकलमै आगलागी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
त्रिविका कानुनी सल्लाहकारलाई कारबाही नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार नारायणप्रसाद खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आगलागीबाट सयौं घर जलेर नष्ट
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भिषण आगलागीबाट सयौं घर खरानी भएको छ ।
उपनिर्वाचन : बुधबार रातिदेखि मत माग्न नपाइने
निर्वाचन आयोगले वैशाख १५ गते शनिबार सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको जनाएको छ।
कति उपलब्धिमूलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ ।
अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्यो
अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
‘लू’बाट बच्न प्रशस्त मात्रामा पानी पिउन आग्रह
जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ ।