उद्यमशीलताको विकास
जनताको गरीखाने माध्यम भनेको उद्यमशीलता हो । यसलाई देशको मेरुदण्ड मानिन्छ । देशमा उद्यमशील विकास भएमा जनता धनी हुन्छन् र देश बलियो हुन्छ । नेपालमा उद्यमशीलता विकासको प्रचुर सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक गतिविधिमा संलग्न गराउन नसक्दा एकातिर गाउँ, बस्ती र सहर युवाविहीन हुन पुग्दै छ भने अर्कोतर्फ उनीहरूको ऊर्जावान् समय परदेशमा सकिँदै छ ।
महावीर हनुमानको स्मरण
आर्य संस्कृतिमा चैत्रशुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ । यसपालि हनुमान जयन्ती वैशाख ११ गते मङ्गलबार परेको छ । महावीर हनुमानको जन्म चैत्रशुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनीको गर्भबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जनी श्रापबाट मनुष्य योनीमा जन्म लिएकी थिइन् । वर्षौंसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनीले भगवान् शिवको कठोर तपस्या गरी उनकै वरदान र पवनदेवको आशीर्वादबाट अत्यन्तै तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी हुन् ।
दबाब र प्रभावमुक्त बजेट
अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐनबमोजिम व्यय हुने रकम, अघिल्लो वर्षको खर्च र त्यसले लिएको लक्ष्यको उपलब्धिसमेतको विवरणसहितको राजस्व र व्ययको अनुमान चालु वर्षको जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । यतिबेला सङ्घीय सरकारका मन्त्रालयहरू आगामी वर्षको बजेटलाई अन्तिम रूप दिन व्यस्त छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन, २०७६ र सम्बन्धित नियमावलीका अनुसा
लोकतन्त्रको क्षयीकरण
विसं २०७२ असोज ३ गते संविधान सभाबाट जारी नेपालको संविधानले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सङ्घीयतासहितको जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेको छ । लोकतन्त्रका आधारभूत मूल्य र मान्यता जस्तै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको अवधारणामा आधारित समाजवादप्रति प्रतिबद्ध रही दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्ति गर्ने ध्येयतर्फ अधिकांश संवैधानिक व्यवस्था प्रत्यक्ष वा परोक्ष रूपमा परिलक्षित छन् ।
दाङमा प्रशासन कार्यालयकै १३ बिगाहा जग्गा अतिक्रमण
दाङमा जिल्ला प्रशासन कार्यालयको १३ बिगाहा बढी जग्गा अतिक्रमणमा परेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका नाममा घोराही उपमहानगरपालिका–१४ अन्तर्गत कपासी र झिँगौरामा रहेको करिब १३ विगाहा १४ कट्ठा तीन धुर जग्गा वर्षौँदेखि अतिक्रमणमा परेको पाइएको हो ।
नौ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने साढे पाँच लाख
चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।
लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे
बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले यही स्कुलमा छोराछोरी पढाउँथे । अहिले यो विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ ।
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने हुनुभएको छ ।
आगलागीपछि वासविहीन भए १३ परिवार
आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उहाँले बिलौना गर्नुभयो ।
अध्यक्ष ओलीद्वारा नेकपा स्थापनाको हीरक महोत्सव उद्घाटन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ ।
सम्झौता सकियो, निर्माण अधुरै
वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु' वैशाख २६ गते
राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
जोखिममा हिमताल, सावधानीको खाँचो
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने ।
आगलागीबाट १८ घर नष्ट, ९० घर जोखिममा
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आगलागीका कारण १८ वटा घर जलेका छन् । आइतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण सोमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका हुन् भने ९० घर जोखिममा रहेका छन् ।
बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक वैशाखभर बन्द
हेटौँडा–काठमाडौँ छोटी दूरीको मार्गहरुमध्येको एक हेटौँडा–कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–मातातीर्थ सडक वैशाख महिनाभरका लागि बन्द हुने भएको छ ।
झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो ।
धनकुटामा पनि टक्सार !
मुद्रा निष्कासनको इतिहास रोचक हुँदै गएको छ । यस विषयमा खोज र अनुसन्धान कम भएको पाइन्छ ।
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेकपा स्थापनाको आज हीरक महोत्वस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।