वामपन्थी र प्रगतिशीत शक्तिबिच सहकार्यका साथ समृद्धिको लक्ष्यमा अग्रसर : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ ।
बैजालीको लोभलाग्दो कृषि व्यवसाय
रोजगारीको खोजीमा १५ वर्ष छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा बिताएका डोटी जोरायल गाउँपालिका–२, बुडरका ४० वर्षीय डिलबहादुर बैजाली (मगर) दुःख गरेमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुराको उदाहरण बन्नुभएको छ । बुडर बजारनजिकैको डाडाँगाउँका धेरै जना भारतको हिमाञ्चल प्रदेशमा कृषि मजदुरका रूपमा काम गर्छन् । अत्यधिक चिसो हावापानी भएको त्यो स्थान कष्टपूर्ण रहेको छ । रातदिन नभनी तरकारीबारीमा काम गर्नुपर्ने, मालिकको हेपाइ त्यस्तै न्यून ज्याला, कठिन र पीडादायिक रोजगारबाट दिक्क भएर स्वदेश फर्किनुभएका बैजाली विदेशमा गर्ने मेहनत आफ्नै देशमा गर्ने हो भने राम्रै आम्दानी हुने बताउनुहुन्छ । उहाँले भारतको दुई वर्षसम्मको बसाइमा सिकेको कृषि खेतीसम्बन्धी ज्ञान आफ्नै ठाउँमा प्रयोग गरी तरकारी खेती गर्नुभएको छ । तरकारी खेती सुरु गरेयता उहाँले
लौन्यारीलाई गहुँ काट्ने चटारो
बाजुरा, वैशाख १० गते । छोर्याट्टो (केटा) : वैशाख गहुँ टिप्न भनी पोइल बाइगइ झुमा । लौन्यारी दि हेल पन वैशाखका उमा ।। छोर्याट्टी (केटी) : आउन्या भया खेतमै आउनु न त उता बाइजाऊ । गहुँ टिप्ने चटारो पर्यो उमा पोली खाइजाऊ ।।
अस्थिरतामा प्रदेश
नेपालको संविधान २०७२ जारी भएपछि मुलुकमा सङ्घीय अवधारणा सुरु भएको हो । २०७४ मा भएको निर्वाचनले यसको संस्थागत र व्यावहारिक प्रारम्भ मात्र गरेको छैन, मुलुकमा तीन तहको सरकार छ र हरेक सरकारका आआफ्ना दायित्व र जिम्मेवारी सुनिश्चित गरेको छ । प्रदेश सभा र प्रदेश सरकारका सरकारी भवन निर्माण भएका छन् । हरेक पालिकाले आफ्ना भवन बनाएर उपलब्धिका सूची बढाउने काम गरिरहेकै छन् । नागरिकले घरदैलोमा सिंहदरबार पाए पाएनन् भन्ने विषयको बह
महिलामैत्री कानुनमा फड्को
नेपालको संविधानमध्ये नेपालको अन्तरिम संविधान, २००७ को भाग ३ मा राज्यका निर्देशक सिद्धान्त अन्तर्गत समानताको प्रत्याभूतिको साथै धारा ४ मा स्त्रीजातिका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख गरिएको थियो । नेपाल अधिराज्यको संविधान, २०४७ ले २३ वटा मौलिक हकको व्यवस्था गरी पहिलो पटक व्यक्तिगत सम्मान तथा मर्यादा र समानता तथा स्वतन्त्रता कायम गर्ने व्यवस्थाको सूत्रपात गरेको थियो । उक्त संविधानले लोककल्याणकारी व्यवस्था गरी महिला तथा पिछडिएका वर्गलाई माथि उकास्ने प्रयास गरेको थियो । यसै गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ ले पनि प्रत्येक नागरिकलाई कानुनको समान
आसन्न लगानी सम्मेलन
कुनै पनि मुलुकको विकास त्यही मुलुकको सिप, पुँजी र प्रविधिले मात्र सम्भव हुने रहेनछ । खास गरी तेस्रो विश्वका मुलुकले आर्थिक विकासको निश्चित अवस्थासम्म कुनै न कुनै रूपमा बाह्य सहयोग लिनै पर्ने हुन्छ । दोस्रो विश्व युद्धपछि युरोपको विकास र पुनर्निर्माणमा संयुक्त राज्य अमेरिकाले ठुलो लगानी गरेको थियो । त्यसले युरोपको विकासलाई एकै दशकमा तीव्रतर बनायो । चीनले सन् १९८० को दशकदेखि नै विदेशी पुँजीलाई खुला ग¥यो, फलस्वरूप झन्डै दुई दशक दोहोरो अ
बालविकास शिक्षाको प्रभावकारिता
नेपालको विद्यमान नीतिगत तथा कानुनी व्यवस्था अनुसार चार वर्ष पूरा भएका बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित एक वर्षको प्रारम्भिक बालविकास तथा शिक्षा र चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था छ । यससम्बन्धी नीतिगत व्यवस्था र विद्यमान अभ्यासका बिच निकै अन्तर रहेको देख्न सकिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले चार वर्ष पूरा भएका बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित एक वर्षको प्रारम्भिक बालविकास शिक्षाको व्यवस्था गरेको छ । यस शिक्षाको मु
निगमको न्यारोबडी जहाज आज आउने
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।
एमालेलाई बहुमतमा पुर्याउने गरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउने गरी काममा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।
अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ
अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् ।
रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
समाजमा नकारात्मक असर पार्ने दृश्य प्रत्यक्ष प्रसारण नगर्न नेपाल प्रहरी आग्रह
नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।
एमाले अध्यक्ष ओली अस्वस्थ
ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित हुनु भएन। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उहाँ बैठकमा उपस्थित नहुनु भएको हो।
सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ ।
कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गर्नुभएको छ ।
बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ ।
एघारौं दिनसम्म पनि भीमाकाे शव अस्पतालमै
गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा गुरुङको शव परिवारले बुझ्न मानेका छैनन् । शव ११ दिनदेखि प्रदेश अस्पतालमै छ ।
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो ।
जापानी सैन्य हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता
जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
रुपन्देहीका नौ गाउँमा आगलागी
तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवम् घरमा क्षति भएको छ ।