• ४ असार २०८१, मङ्गलबार

क्याम्पस प्रमुख कुशवाहाको मृत्यु

blog

शिवशंकर मिश्र 

बारा, जेठ ३२ गते । गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख  हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार साझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँपालिका ३ बातरा टोल हुँदै मोटरसाइकलमा कलैया आउने क्रममा अज्ञात समूहले पिठ्यूमा गोली हानी गम्भीर घाइते बनाएको थियोे ।

गम्भीर घाइते कुशवाहाको बिरगंजस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा करिब साँझ ७ बजे मृत्यु भएको प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

घटनापछि सुरक्षाको व्यवस्था कडा पारिएको तथा अपराधी भाग्न नदिन सीमामा प्रहरी परिचालन गरिएको र शंका लागेर एक जनालाइ पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।