• १३ असोज २०८१, आइतबार

मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

blog

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थितहरु ।

काठमाडौँ, असार ११ गते । नेकपा (माओवादी केन्द्र) का सांसद मीना यादवले मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद यादवले यस्तो माग गर्नुभएको हो ।

उहाँले मधेशका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’’

उहाँले मधेशका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताउनुभयो ।