सिँचाइ क्षेत्रका चुनौती
नेपालको आर्थिक विकास र समृद्धिका लागि मुलुकमा उपलब्ध जलस्रोतको एकीकृत विकास, बहुउपयोग, समुचित व्यवस्थापन र संरक्षण हुनु अपरिहार्य छ । जलस्रोत उपयोगको दृष्टिकोणले नेपालमा ९५ प्रतिशतभन्दा धेरै हिस्सा सिँचाइ क्षेत्रले ओगटेको छ । नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा लगभग एक चौथाइ योगदान पु¥याएको छ भने ६२ प्रतिशत घरपरिवार कृषक परिवार छन् । कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पु¥याई कृषि उत्पादकत्व बढाउन जरुरी छ । विसं १९८५ मा सरकारी स्तरबाट सप्तरीमा चन्द्र नहर निर्माण भएसँगै सुरुवात भएको आधुनिक सिँचाइ प्रविधि विसं २००० ति
प्रभावकारी भएनन् आयोग
मधेश प्रदेश सरकारले प्रशासनिक काममा सहजता र सुशासन कायम गर्दै सङ्घीयतालाई संस्थागत गर्ने उद्देश्यले आयोग, प्रतिष्ठानसहितका एक दर्जनभन्दा बढी सङ्घ संस्था गठन गरेका छन् । मधेश सरकारले छ वर्षको अवधिमा प्रदेश जनलोकपाल आयोग, प्रदेश लोक सेवा आयोग, नीति तथा योजना आयोग, मधेश प्रज्ञा–प्रतिष्ठान, आमसञ्चार प्राधिकरण, मधेश मिडिया काउन्सिल, चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्ड, दुग्ध विकास बोर्ड, दलित विकास समिति, मधेश सहिद प्रतिष्ठान, प्रदेश अनु
श्रीअन्तुको सूर्योदय
एक निजी कार्यक्रममा सरिक हुन मोरङ पुग्नु पर्ने भयो । गत फागुन ९ गते बिहान निजी सवारीबाट बिपी राजमार्ग भएर सिन्धुलीको दुधौली हुँदै उदयपुर गाईघाटलाई पछाडि छोडेर अघि बढ्ने पक्का मात्रै भएन, सखारै घरबाट हिँडियो नै । धुलिखेल–भकुण्डेबेँसीको घुमाउरो सडक जति उता गयो, उति सर्प आकार भेटिन्छ । अग्लो–होचो डाँडाकाँडामा त घुम्ती मोड छ तर सम्म ठाउँलाई पनि यति घुमाउरो पाराले किन लगेको होला ? त्यो बाटो लागिसकेपछि सधैँ उब्जिने जिज्ञासा हो ।
पुराना कागजपत्रको मूल्य
पठनपाठनको दृष्टिले इतिहास अहिले हेयको विषय हुन पुगेको छ । १२ कक्षा पढ्ने पुस्ताले इतिहास विषय लिएर पढेको पाइँदैन । स्नातक र स्नातकोत्तर तहमा पनि विद्यार्थीको सङ्ख्या अति न्यून हुन पुगेको छ । रोजगारीमुखी शिक्षा नभएको भन्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमै विद्यार्थी घट्दै जाँदा इतिहास विषय यसबाट अछुतो रहन सकेन तर इतिहास पठनको दृष्टिले रोचक र ज्ञानको दृष्टिले अत्यन्तै महत्वपूर्ण विषय हो । यसबारे स्पष्ट रूपमा बुझाउन नसक्दा र इतिहास विषय अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी सिर्जना गर्न नसक्दा अहिले इतिहास विषय हेयको अवस्थामा गुज्रिरहेछ । राष्ट्रिय गौरवको कसीमा यसलाई किमार्थ शुभ सङ्केत मान्न सकिन्न ।
उत्कृष्ट शिक्षण मर्यादित परीक्षा
सबैभन्दा पहिले हाम्रो शिक्षा प्रणाली कुन उद्देश्यमा आधारित छ, त्यसको अवलोकन गरौँ । हाम्रो शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादन प्रणालीका रूपमै अहिलेसम्म निरन्तरता पाएको छ । आजभन्दा चार दशकअघि पङ्क्तिकार प्राथमिक शिक्षक भएको बेला एक जना थारू अभिभावकको मुखबाट सुनेको थिएँ :
बिस्केट जात्रा ‘रूप एक, स्वरूप अनेक’
भक्तपुर नगरपालिकाको संस्कृति र सम्पदाको केन्द्र हो– तौमढी क्षेत्र । तौमढीबाट पूर्वतर्फको भागलाई थने र पश्चिमतर्फको क्षेत्रलाई कोने भन्ने प्रचलन छ । नेपालभाषामा थनेको अर्थ माथिल्लो र कोनेको अर्थ तल्लो भन्ने हुन्छ । ल्यसीँखेलबाट नजिकै रहेको टौमढी जहाँ नेपाल अधिराज्यकै सर्वाधिक चर्चित र सबैभन्दा अग्लो न्यातपोल अर्थात् पाँचतले छाना भएको पाँचतले मन्दिर अवस्थित छ । सोही परिसरमा काशी विश्वनाथ चतुर्ब्रह्मा महाविहार (तधिछेँबहाः) तिल माधवनारायण जस्ता ऐतिहासिक धार्मिक सम्पदा छन् ।
प्रदेश स्वायत्तताको प्रश्न
‘प्रान्त’ अर्थात् हामीले अभ्यास गरिरहेको सङ्घीय गणतन्त्रभित्रको प्रदेश सरकार । जहाँ अहिले सङ्घीय सरकारमा सहभागी दलको शासन चलिरहेको छ । नागरिकलाई गणतन्त्र अनुभूत गराउँदै प्रदेश सरकारको सुशासनमार्फत लोकतन्त्र बलियो बनाउने भनेर दलहरूले ल्याएको विधिलाई चुपचाप स्वीकारिरहेका जनता दिग्भ्रमित भइरहेका छन् । कुनै बेला ‘भारतको दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता ओढ्नेहरू छन्’ भनेर दलका नेताहरूप्रति कटाक्ष गरिन्थ्यो । अहिले नेपाली दलहरूले ‘काठमाडौँमा पानी पारे भने प्रदेशमा छाता खोज्नु पर्ने हुन्छ’ भने जस्तो भइरहेको छ । सबै प्रदेश सरकार स्थिरताका लागि अस्थिर बनाइएका छन् । उनीहरूलाई स्थिर बनाउने कानुनले हो तर प्रदेश सरकार त्यही कानुनमा राखिएको ससाना छिद्रका कारण अस्थिर देखिएको छ । अस्थिरता अन्त्यका लागि अर्को अस्थिरताको अभ्यास भइरहेको छ ।
नेतृत्वबाट दायित्वबोधको आशा
नेपाल यतिबेला निराशाको भुमरीमा रुमल्लिएको छ । राजनीतिक वृत्तमा पनि सत्तामा रहेका बाहेकमा तीव्र निराशा छ । सांसदले सदनमा बोलेकै उदाहरण लिने हो भने पनि निराशाको स्वर सुनिन्छ । स्वतन्त्र भनिएको न्याय क्षेत्र पनि उत्साहित देखिँदैन । कतिपय घटनामा न्यायपालिका कार्यपालिकाको हस्तक्षेपमा परेको भनेर पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति सुनिन्छ । पहिलेभन्दा अहिले न्याय क्षेत्र हरेक दृष्टिले उन्नत, छिटोछरितो र सर्वसुलभ हुनुपर्नेमा त्यसो हुन सकेको छैन । यही भएकाले हुनु पर्छ केही दिनपहिले न्यायपरिषद्सँग सम्बन्धित एक समाचारमा खराब काम गरेकाले कारबाहीमा परेर १२ जनाभन्दा बढी न्यायाधीश सेवामु
बृहत् राजनीतिक एकताको बहस
धेरै वाम चिन्तकले देखेको एउटै सपना वा चिन्ता छ, वाम वा कम्युनिस्ट जनमतको रक्षा । हामीले पछिल्लो जनमत र आममनोविज्ञानको सही विश्लेषण गर्न जरुरी छ । पछिल्लो जनमत निराशा, अविश्वास र दिशाविहीनताको सिकार बनिरहेको छ । राजनीतिको मुख्य सवाल देशलाई अहिलेको चक्रव्यूहबाट मुक्त गर्नैपर्ने छ । देशमा कसैले पनि भविष्य देखेका छैनन् र त आममान्छेहरू बिदेसिन चाहन्छन् ।