चौथो एसियाली खो खो प्रतियोगितामा नेपाल दोस्रो
भारतको आसामकाे राजधानी गुवाहाटीमा हालै सम्पन्न चौथो एसियाली खो खो प्रतियोगितामा नेपालले दुवै समूहमा दोस्रो स्थान हात पारेको छ ।
लाओससँग भुटान पराजित
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हरायो ।
मोरङ भोजपुर गोल्डकपको सेमिफाइनलमा
डागींहाट यूथ क्लब, मोरङ छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिस खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
नेपाल पुलिस क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गोल्डेन गेटले जित्यो प्याट्रियोट्स कप
प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजले जितेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा गोल्डेन गेटले ब्लुबर्ड कलेजलाई २७ रनले हरायो ।
एपीएफ फाइनलमा
साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको एक खेल अगावै फाइनलमा पुगेको हो ।
युरोकप छनोट : एमबाप्पेको दुई गोल, लुकाकुको ह्याट्रिक
फ्रान्स र बेल्जियमले युरोकप फुटबलको छनोट खेलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले हरायो । अर्को खेलमा बेल्जियमले स्वीडेनलाई ३–० गोलले स्तब्ध बनायो ।
सुदूरपश्चिमको दोस्रो जित
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
मुकेश र राजपुरालाई वीर गणेशमान स्मृति रोड रेस उपाधि
चौथो वीर गणेशमान सिंह १० किमी रोड रेसको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले जित्नुभएको छ ।