नेपाल फाइनल खेल्न तयार
नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जित्न तयार रहेको नेपाली टोलीका प्रशिक्षक र कप्तानले बताउनुभएको छ ।
पौडी पोखरी खुला
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
मेयर्स कप : एपीएफलाई ह्याट्रिक उपाधि
ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायो ।
विदेशी क्लब एभेनियरमाथि गोल वर्षा गर्दै मनाङ फाइनलमा
तिलोत्तमा गोल्डकपको उपाधि जितेको मनाङ मस्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ।
क्यामरुन भोजपुर गोल्डकपको फाइनलमा
एभिनर क्यामरुन भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
राखेपले खेलकुद पूर्वाधार नीति संवाद गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार खेलकुद पूर्वाधार नीति संवाद गर्ने भएको छ ।
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित
कप्तान लियोनेल मेस्सीले ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओमाथि सानदार जित निकालेको छ ।
लुका सकर विराट गोल्डकपको फाइनलमा
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।