• १४ असार २०८१, शुक्रबार

पीएसजीको सानदार जित

blog

गोल गरेपछि साथीसँग खुसी साट्दै केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, भदौ १९ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित नान्टेसलाई ३–० गोलले हरायो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गर्नुभयो । एमबाप्पेले १८औं र ५४औं मिनेटमा गोल गर्नुभएको हो । नुनोले ६८औं मिनेटमा गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो ।

यसअघि २४ औं मिनेटमा फाबियो रातो कार्ड पाउँदै बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो । जसको फाइला पीएसजीले भरपुर उठायो । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले ६ खेलबाट १६ अंक बनाएको छ । ६ अंक बनाएको नान्टेस १०औं स्थानमा छ ।

दोस्रो स्थानमा रहेको मार्सेलीको पनि १६ अंक छ । शनिबार राति नै भएको खेलमा मार्सेलीले औजेरेलाई २–० गोलले हरायो । अर्को खेलमा तेस्रो स्थानमा रहेको लियोनले एन्जर्सलाई ५–० गोलले स्तब्ध बनायो । एजेन्सी