• ७ साउन २०८२, बुधबार

रुकुमपूर्वमा च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

blog

फाइल तस्बिर

जयमान बुढामगर

रुकुमपूर्व, साउन ६ गते। जङ्गली च्याउ खाएर रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ। तीन जना बिरामी हुनुभएको छ। भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको मृत्यु भएको छ। बालकका आमा ३५ वर्षीया राजकुमारी सुनार, सुनारका छोरी ९ वर्षीया आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार बिरामी हुनुभएको छ। 

च्याउ खाएर बिरामी भएपछि सोमबार बिहान रुकुमपूर्व अस्पतालमा भर्ना हुनु भएको थियो। रुकुमपूर्व अस्पतालबाट थप उपचारको लागि मङ्गलबार बिहान राजकुमारी, योजन र भाग्यरेखालाई सुविधा सम्पन्न अस्पताल पठाएइको रुकुमपूर्व अस्पतालले जनाएको छ। 

जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो। आमा राजकुमारी र छोरी भाग्यरेखाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल सल्यानबाट दाङ पठाइएको डीएसपी यादवले बताउनुभयो। अर्का बिरामी आयुषालाई थप उपचारको लागि रुकुम पश्चिम पठाइएको उहाँले बताउनुभयो।

सुनारका परिवारले शुक्रबार साँझ च्याउ खानु भएको थियो। ज्वरोले धेरै नै च्यापेको अवस्थामा उहाँहरू उपचारका लागि सोमबार रुकुमपूर्व अस्पताल आउनु भएको बताइएको छ।