• ७ साउन २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१ मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार को हुन् ? 

सङ्गीतकार शम्भुजित बाँस्कोटा 

रेडियो कान्तिपुरद्वारा २०८२ असार २८ गते गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित एनएमएमा सङ्गीतकार बास्कोटालाई ‘सङ्गीत सम्राट’ को उपनाम दिँदै नगद एक लाख रुपियाँसहित सम्मान गरिएको । 

एनएमएमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको । 

कुन अवार्ड कसलाई 

उत्कृष्ट ब्यान्ड : कुमः सागर एन्ड ख्वप (ए माइ रे...)

उत्कृष्ट लोकदोहोरी गायिका : शान्तिश्री परियार (तिमी र म जाम माया...)

उत्कृष्ट लोकदोहोरी गायक : प्रकाश दुतराज (करिम...) 

उत्कृष्ट गीतकार : भूषण खरेल (जान्छौ भने...) 

उत्कृष्ट आधुनिक गायिका : टीका प्रसाईं (ए जिन्दगी...)

उत्कृष्ट आधुनिक गायक : शिव परियार (चुपचाप...)

उत्कृष्ट पाश्र्व गायिका : समीक्षा अधिकारी (बुझिनँ मैले...) 

उत्कृष्ट पाश्र्व गायक : एसडी योगी (रुकुम मैकोट...)

उत्कृष्ट सङ्गीतकार : सञ्जीव बराइली (चुपचाप...)

उत्कृष्ट पप गायिका : त्रिशला गुरुङ (विच भाइब्स्...)

उत्कृष्ट पप गायक : सुशान्त केसी (बार्दली...)

हिपहप एन्ड आर एन्ड बी : ब्रिजेश श्रेष्ठ (मुटुमै बसेछ...) 

पिपुल च्वाइस अवार्ड : सुशान्त केसी/इन्द्रकला राई (बार्दली...) 

उत्कृष्ट डेब्यु सिङ्गर : आरसी रिमाल (जे हुनु थियो भैसक्यो...) 

रेडबुल इनर्जेटिक पर्पmमेन्स : दुर्गेश थापा 


२. दोलखा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरिएको हो ? 

विसं २०८२ असार २६ 


३. ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड–२०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

ग्लोबल आइएमई बैङ्क लि. 

यो अवार्डसँगै ग्लोबल आइएमई बैङ्क लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको । 


४. ‘ढुकुर जोडी’ घोषणा गर्दै हरेक वडाबाट एक–एक उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने स्थानीय तह कुन हो ? 

सुन्दरहरैँचा नगरपालिका (मोरङ), २०८२ असार 

पतीपत्नीबिचको आपसी समझदारी, संयम र पारिवारिक मर्यादालाई मूल्याङ्कन गर्दै नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम गरेको । 

४८ दम्पतीले आवेदन दिएकामा नगरपालिकाको मापदण्ड अनुसार १२ वडाबाट एक÷एक दम्पती छनोट गरिएको । 

विवाह, परिवार र सामाजिक सहिष्णुताको सकारात्मक अनुकरणीय अभ्यासलाई प्रवर्धन गर्न यस खालको कार्यक्रमलाई सामाजिक परिवर्तनतर्फको प्रयासका रूपमा लिइएको पालिकाले जनाएको । 


५. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ? 

कोशी प्रदेश (७७.२६ प्रतिशत) 

सबैभन्दा कम खर्च गर्ने प्रदेश : कर्णाली (६४.७२ प्रतिशत) 

सात प्रदेशको खर्च (औसत) : ७३ प्रतिशत 


६. वीरगन्जस्थित नेपालको पहिलो सुक्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी (आइसिपी) कार्यालयको एकीकृत सेवाको सुरुवात कहिलेबाट भएको हो ? 

विसं २०८२ साउन १ 


७. २०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तक कुन–कुन हुन् ? 

उरमाल      : छुदेन काविमो

छालबाटो      : रमेश भुसाल 

दज्र्यु संलाप      : कुमारी लामा 

पञ्चतìवको पालाम्   : मनप्रसाद सुब्बा 

बहुरूपी      : श्रेयज सुवेदी

भिक्षु व्यापार र विद्रोह   : सुधीर शर्मा

हिउँको गीत      : तीर्थ गुरुङ


८. नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ ?

रु. १९,५५०।– (सहमति कायम : विसं २०८२ साउन १) 

आगामी दुई वर्षका लागि न्यूनतम पारिश्रमिक निर्धारण भएको । चिया बगानबाहेकका श्रमिकको आधारभूत पारिश्रमिक १२ हजार १७० र महँगी भत्ता सात हजार तीन सय ८० गरी कुल १९,५५० रुपियाँ कायम गर्ने सहमति बनेको । 

दैनिक ४७० रुपियाँ पारिश्रमिक र २८४ रुपियाँ महँगी भत्ता गरी ७५४ र प्रतिघण्टा आधारभूत ६३ रुपियाँ एवं महँगी भत्ता ३८ गरी १०१ रुपियाँ तोकिएको । 

श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान रहेको । 

यसअघि श्रमिकले न्यूनतम १७ हजार ३०० रुपियाँ पारिश्रमिक पाउँदै आएका थिए । 

न्यूनतम ज्यालाको निर्धारण यसपालि पहिलो पटक त्रिपक्षीय (सरकार, रोजगारदाता र श्रमिक सङ्गठन) सहमतिका आधारमा गरिएको । 


९. ग्लोबल आइएमई बैङ्कले लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सबाट बेस्ट बैङ्क अवार्ड कहिले प्राप्त ग¥यो ?

सन् २०२५ जुलाई ११ 

१०. लिच्छवि कालमा नगर एवं व्यापारिक केन्द्रको रूपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो ?

द्रंग


११. एक मुख दस रुख अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ? 

छायानाथ रारा नगरपालिका (मुगु)

नगरपालिकाभित्र पहिरो प्रभावित क्षेत्रको रोकथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायानाथ रारा नगरपालिकाले यो अभियान सञ्चालन गरेको । 

वृक्षारोपण अभियान शुभारम्भ भएसँगै अब प्रत्येक नागरिकले अनिवार्य आफ्नो गाउँटोल तथा सार्वजनिक स्थलमा १० ओटा रुख लगाउनुपर्ने । 

१२. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?

विसं २०७८ साउन १३

नेपाल अङ्गे्रजको युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको । 

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्दत पुग्ने जनाइएको ।

 

१३. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

सन् २०१८ जनवरी २६ 

साइबर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको । 

यो संस्थाको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।


१४. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारको रूपमा परिभाषित गरेको विषय ।


१५. नेपालमा सर्वप्रथम प्रतिनिधि सभाको बैठक कहिले बसेको थियो ?

विसं २०१६ असार १ गते


१६. नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

वराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र 


१७. ‘सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो’ भन्ने विचारक को हुन् ?

गौतम बुद्ध 


१८. राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्न


१९. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

आल्पस पर्वत

 

२०. ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

सन् १९८७, क्यानडाको मन्ट्रियल 


२१. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

विसं १८२६ चैत १०


२२. नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?

पाल्पा, लमजुङ र तनहुँ


२३. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ ?

जिम्बाबे र जाम्बिया

२४. ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?

मार्क भान डोरेन, अमेरिकी कवि 


२५. प्रसिद्ध दुधेश्वरनाथ मन्दिर कहाँ रहेको छ ?

पर्सा

पर्सा जिल्लाको सदरमुकाम वीरगन्जबाट करिब ३२ किमी उत्तरमा अवस्थित यसलाई तराई मधेशमा ‘भाठा धाम’ पनि भनिने ।

वर्षको तीन पटक (वैशाख, साउन र माघमा) मेला लाग्ने यस ठाउँमा नेपाल, भारतलगायतका स्थानबाट हजारौँ आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुने ।


२६. सूचनाको हक अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ? 

स्विडेन 

स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको ।

संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको ।

संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।

सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको ।


२७. रोबोट शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? 

कारेल क्यापेक (चेक नागरिक, सन् १९२१) 

रोबोट शब्दको उत्पत्ति रोबोटा (चेक वर्ड) बाट भएको । जसको अर्थ फोस्र्ड लेबर भन्ने हुने ।

रोबोटको पूरा रूप ¥यान्डम अप्टिकल बाइनरी अस्किलेटिङ टेक्नोलोजी रहेको ।

पहिलो ह्युमोनोइड रोबोट एरिक (युके, सन् 

१९२८) रहेको ।

फादर अफ रोबोटिक्स भनी एन्जेल बर्गेजलाई चिनिने ।

नागरिकता प्राप्त गर्ने पहिलो रोबोट सोफिया (साउदी अरब, सन् २०१८ अक्टोवर २५) रहेको ।

सोफिया रोबोटको डिजाइन ह्यान्सन रोबोटिक्सले गरेका । 

प्रस्तुतकर्ता : टङ्क केसी