शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, साउन ६ गते। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।
फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो।
उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि फूलचोकी क्षेत्रमा गएको बताउनुभयो।उहाँका अनुसार खोज्नेक्रममा रातको १२ बजे विद्यार्थीलाई फेला पार्न सफल भएको जानकारी दिनुभयो।विद्यार्थीलाई जंगलबाट सहज सम्पर्कमा ल्याउन बिहान ५ बजेको उहाँको भनाइ छ।
जंगलमा गुगल म्यापले काम नगरेको र बाटोको जानकारी नभएकोले उद्धारमा ढिलाइ भएको बताउनुभयो।


