• १२ पुस २०८१, शुक्रबार

नेपाललाई केन्याको बलियो लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २० गते । एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि दुई सय ५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । 

केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाउनुभयो । लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिनुभयो । वसिर अहमद र साहब आलमले एक एक विकेट झार्नुभयो । 

नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजमा क्लिन स्वीप गर्ने तयारीमा छ । अन्तिम खेल अगावै सिरिज जितिसकेको नेपाल सिरिजमा २–० को अग्रता लिएको छ । नेपालले सिरिजको पहिलो खेल सात विकेट र दोस्रो खेल १७ रनले जितेको थियो । यसअघि नेपालले केन्याविरुद्ध खेलेको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो ।