• १४ असार २०८१, शुक्रबार

एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र एभर्टनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ १८ गते । इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै लिभरपुल पाँचौं स्थानमा छ । लिभरपुलको ६ खेलबाट नौ अंक छ । चार अंक बनाएको एभर्टन १७औं स्थानमा छ । एजेन्सी