• १२ असोज २०८१, शनिबार

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

blog

राष्ट्रिय खेलकुद परिषद्को ५९औं वार्षिकोत्सव कार्यक्रममा शनिबार सम्वोधन गर्नुहँर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रासस

काठमाडौं, भदौ १८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन  राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ । 

राखेपको ५९औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमबीच किरण र पलेशालाई सम्मान गरिएको हो । यसैगरी जुनियरतर्फ टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभयो । 

राखेपले वार्षिक उत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ र खेल पत्रकार महेश आचार्य र मुना कार्कीलाई खेलकुद पत्रकार सम्मान प्रदान गरेको छ । कार्यक्रममा  केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ, खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतला १६ जनालाई सम्मान गरिएको थियो ।

यसैगरी राखेपमा दीर्घ सेवा पदक र परिषद् सेवा पदक गरी एक सय ४१ राखेप कर्मचारी पनि विभूषित भएका छन् । खेलाडीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले सम्मान गर्नुभएको थियो ।