पौडीमा नासिरलाई थप तीन स्वर्ण
नासिर याह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप तीन स्वर्ण जित्नुभएको छ । यससँगै नासिरको यस प्रतियोगितामा पाँच स्वर्ण पुगेको छ ।
राखेपद्वारा पलेशा र प्रिन्ससहित १३ खेलाडी पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । राखेपले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका एक एक, बक्सिङका तीन, एथलेटिक्सका र ट्रायथलनका दुई दुई गरी १३ जना खेलाडीलाई १० लाख ५० हजार रुपियाँ पुरस्कार सहित सम्मान गरेको हो ।
नामिबियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा अहिले नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन
विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा हराउनुभयो ।
आईसीसी विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत्र त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछ ।
पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण
नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिले पूर्णता पायो
नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ ।
एसियाडका लागि जुडोको दोस्रो चरणको छनोट सम्पन्न
चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि जुडो खेलको दोस्रो चरणको छनोट सम्पन्न भएको छ ।
बाँकेलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि
प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लाले जितेको छ ।
विवाद समाधान नभएसम्म एनएसएल नहुने
सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्ट जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ ।
रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने
नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्नु हुनेभएको छ । रितले न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबबाट ब्यवसायिक क्रिकेट खेल्ने पक्का भएको हो ।
यू–२० साफ च्याम्पियनसिप : राम्रो नतिजा ल्याउने प्रशिक्षक केसीको दावी
जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।
इलिना विम्बल्डन च्याम्पियन
विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।
हाम्रो फुटसल पत्रकार टिमलाई उपाधि
एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुटसल प्रतियोगिताको फाइनलमा हाम्रो फुटसल पत्रकार टिमले धादिङ टिमलाई ४–२ गोलले हरायो ।
एनएसए पौडी आइतबार
नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।
टी–२० विश्वकप ट्रफीले नेपाल भ्रमण गर्ने
आईसीसी टी–२० विश्वकप ट्रफीको नेपाल भ्रणम पक्का भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो ।
टेबलटेनिसमा राजीव र मनीतालाई स्वर्ण
राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जित्नु भएको छ ।खेलामा पुरुष सिंगल्सतर्फ राजीव र महिलामा मनीता पहिलो हुनुभएको हो ।
इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप
इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन छात्र तथा ग्रान्डी स्पोर्ट्स सेन्टर छात्रामा च्याम्पियन बनेका हुन् ।
खेलाडी र प्रशिक्षकलाई जैशिदेवलको सम्मान
जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडीहरु तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
देवलाल र याङदी पहिलो
देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो हुनुभएको छ । देवलाल पुरुष र याङदी महिलामा च्याम्पियन बन्नुभएको हो ।
निर्धारित मितिमै प्रतियोगिता हुन्छ : खेलकुदमन्त्री
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताउनुभएको छ ।
नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी
गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।
विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु
विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।
मन्त्री अथक रेणुकालाई भेट्न अस्पतालमा
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।