• १८ पुस २०८१, बिहिबार

एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष थानीबीच भेटवार्ता

blog

काठमाडौं, भदौ २५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष  पङ्कजविक्रम नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमाद विन खलिफा विन अहमद अल थानीबीच भेटवार्ता भएको छ । अध्यक्ष नेम्वाङ र थानीबीच शनिबार कतारको दोहामा भेटवार्ता भएको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार भेटमा फुटबल खेलको विकास र दुई पक्षीय सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटका क्रममा कतार फुटबल सङ्घले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने र दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा दुवै पक्ष केन्द्रित भएको एन्फाले जनाएको छ ।

कतारले हाल नेपाललाई मुख्य प्रशिक्षक, ‘ए’ डिभिजन लिग प्रायोजन, रेफ्री, प्रशिक्षक प्रशिक्षण कोर्स, खेलाडीको उपचार, मैत्रीपूर्ण खेल, खेलाडीको प्रशिक्षण क्याम्पलगायत विषयमा सहयोग गर्दै आएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कतार फुटबल सङ्घको आर्थिक सहयोगमा नेपाल आउनुभएको हो ।

हाल एन्फाको नेतृत्वसँग रुष्ट रहनुभएका अलमुताईरीको विकल्प खोल्ने तयारी समेत अहिलेको एन्फाले गरेको छ । भेटका क्रममा एन्फा अध्यक्ष नेम्वाङलाई कतारका अध्यक्षले थानीले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।