आसिफको शतकीय पारीमा नेपालको सहज जित
ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एक दिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : कञ्चनपुरमा ४४८ खेलाडी छनोट
आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका ४४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताउनुभयो ।
खेलकुद पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
यू–१७ साफ टोलीको विदाइ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।
नेपाल र केन्याको एकदिवसीय सिरिज शुक्रबारदेखि
नेपाल र केन्याबीचको एकदिवसीय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । नेपालले घरेलु टोली केन्यासँग पाँच खेलको टी–२० सिरिजपछि पुनः तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज नेपालले ३–२ ले जितेको थियो ।
साफमा हार्ने छुट हामीलाई छैन : प्रशिक्षक थापा
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीको एउटै लक्ष्य घरेलु मैदानमा हुने साफ महिला फुटबलको उपाधि जित्नु रहेको बताउनुभएको छ । नेपाली टोली अहिले दैनिक प्रशिक्षणमा ब्यस्त छ ।
वालिङमा मिनी रङ्गशाला निर्माण गरिँदै
वालिङमा मिनी रङ्गशाला बनाउन शुरु गरिएको छ । वालिङस्थित खेल मैदानलाई मिनी रङ्गशालाका रुपमा विकास गर्न शुरु गरिएको हो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।
नवयुवालाई मेयर कप उपाधि
प्रथम मेयर कप पुरुष खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ‘ए’ हाइस्कुलटारले जितेको छ । दमौलीमा सञ्चालित प्रतियोगितामा बुधबारको फाइनल खेलमा नव युवाले न्यु बुद्ध एफसी भानु–१ लाई ३–० गोलले हरायो ।
पीएसजीको सानदार जित
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टोउलुसलाई ३-० गोलले हरायो ।
आर्सनल, सिटी र लिभरपुल विजयी
इङ्लिस प्रिमियर लिगमा शीर्षटोली आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । घरेलु मैदानमा बुधबार राति भएको खेलमा शीर्षटोली आर्सनलले एस्टन भिल्लालाई २-१ गोलले हरायो ।
चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
चेल्सीलाई साउथह्याम्पटनको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली चेल्सीलाई साउथह्याम्पटनको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । लिगमा चेल्सीको यो पहिलो हार हो ।
नेपालले जित्यो टी–२० सिरिज
घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो ।
सुनमाया फ्रान्समा उपविजेता
फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किमि दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो हुनुभएको छ ।
बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट ३० खेलाडी अर्को चरणको प्रशिक्षणमा राख्नुभएको हो ।
नेपालद्वारा केन्यालाई १७६ रनको बलियो लक्ष्य
ज्ञानेन्द्र मल्लको अर्धसतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि १७६ रनको बलियो लक्ष्य दिएको छ ।
नेपालगन्ज म्याराथन कोर्स अन्तर्राष्ट्रिय मापदण्डको हुने
नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
नेपाल टस जितेर ब्याटिङ गर्दै
केन्याविरुद्ध टी–२० सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।
केन्यासँग नेपालको लज्जासपद हार
केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।
एन्फालाई ७ हजार डलर जरिवाना
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ ।
टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिने
अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो ।
सन्दीप चम्किएपछि नेपाललाई केन्याको सामान्य लक्ष्य
कप्तान सन्दीप लामिछाने चम्किएपछि चौथो टी–२० खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि १०२ रनको सामान्य लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनायो ।
नेपालको टी–२० वरीयता खस्कियो
नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो ।