काठमाडौं टिम च्याम्पियन
१३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।
लयमा फर्कियो एनआरटी
न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगको लयमा फर्किएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाद्वारा दुई सय ३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।
लिड्सविरुद्ध लिभरपुलको गोल वर्षा
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।
नेपाल मलेसियाविरुद्ध पहिले बलिङ गर्दै
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
सेर्पाको पोस्टमा फ्रेन्ड्सको गोल वर्षा
फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन सेर्पा क्लबको पोस्ट्मा गोल वर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्सले सेर्पालाई ६–० गोलले हरायो ।
मलेसियामाथि जितको छवि कायम राख्ने नेपालको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।