काठमाडौं, भर्दौ १८ गते । केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिमेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नौरोजीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो ।
नेपाल आजको खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । आज आसिफ शेखलाई आराम दिईएको छ । उहाँको स्थानमा देव खनालले मौका दिईएको छ । पहिलो खेलमा आसिफले शतक प्रहार गर्नुभएको थियो ।
तीन खेलको सिरिजमा नेपाल अहिले १–० ले अगाडि छ । नेपाल पहिलो खेलमा सात विकेटको विजयी भएको थियो । नेपाल र केन्याबीचको अन्तिम खेल सोमबार हुनेछ । यसअघि पाँच खेलको टी–२० सिरिज नेपालले ३–२ ले जितेको थियो ।