• १६ भदौ २०८१, आइतबार

नवयुवालाई मेयर कप उपाधि

blog

विजेतालाई पुरस्कार प्रदान गर्दै केन्द्रीय सदस्य भण्डारी लगायत । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, भदौ १६ गते । प्रथम मेयर कप पुरुष खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ‘ए’ हाइस्कुलटारले जितेको छ । दमौलीमा सञ्चालित प्रतियोगितामा बुधबारको फाइनल खेलमा नवयुवाले न्यु बुद्ध एफसी भानु१ लाई ३–० गोलले हरायो ।

उपाधिसँगै नव युवाले दुई लाख दुई हजार २२२ रुपियाँ पुरस्कार पायो । उपविजेता न्यु बुद्धले एक लाख ११ हजार १११ रुपियाँ पायो । 

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी, जिल्ला समन्वय समिति तनहुँका प्रमख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

व्यास नगरपालिका–४ स्थित शितलचोक युवा क्लबद्धारा आयोजित प्रतियोगितामा ४२ टिमको सहभागिता थियो ।