यदुप्रसाद भट्ट
मनाङ, साउन ६ गते । पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५५ मिलिमिटर मापन हुँदा मनाङमा ४७ मिलिमिटर मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षा गराउने बादल विस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकाले अहिले ती क्षेत्रमा वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको विभागले जनाएको छ ।
पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा भए पनि हाल सदरमुकाम चामे आसपासका क्षेत्रमा वर्षा नभएको तर रातभर वर्षा भएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
प्रजिअ आचार्यले कुनै पनि दुर्घटनाका खबरहरु हालसम्म प्राप्त नभएको तर सबै निकाय र सर्वसाधारणलाई सचेत र सतर्कता अपनाउन भने जानकारी गराइएको बताउनुभयो ।