• १२ पुस २०८१, शुक्रबार

नेपाल टी–२० क्रिकेट लिगको दुई टोली घोषणा

blog

टी–२० क्रिकेट टोली घोषणा गरिँदै । तस्बिर : क्यान

काठमाडौं, भदौ २३ गते । असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल टी–२० क्रिकेट लिगका लागि दुई टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार थप दुई टोलीको घोषणा गरेको हो । 

क्यानले यसअघिनै चार टोली र फ्रेन्चाइज मालिकको घोषणा गरिसकेको छ । नयाँ टोलीमा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली हुनुहुन्छ । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाङ्गा हुनुहुन्छ । 

सअघि कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको घोषणा भइसकेको छ ।  विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।

यससँगै लिगमा ६ टोलीको सहभागिता पक्का भएको छ । क्यानले कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दाबी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।