• १२ असोज २०८१, शनिबार

गौतमको कप्तानीमा नवौंका लागि एनआरएनए क्रिकेट टोली घोषणा

blog

एनआरएनए क्रिकेट टोलीका खेलाडीलाई पोशाक प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोलीको घोषणा गरेको छ । एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । 

टोलीमा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरि, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दीपेन श्रेष्ठ, दीपक क्षेत्री, आशिस पोखरेल, गमबहादुर गुरुङ र सागर पुन हुनुहुन्छ । 

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । तर नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिवि मैदानमा सञ्चालन गर्न लागेको हो । नवौं खेलकुदको निर्धारित मितिमा नेपाल टी–२० फ्रेन्चाइज लिग परेकाले पुरुष क्रिकेट अगाडिनै सम्पन्न गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।