सुनसरीमा अन्तरविद्यालय इन्डोर क्रिकेट हुने
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।
साफ यू–१७ का लागि ६० खेलाडीको प्रारम्भिक छनोट
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको तयारीका लागि ६० खेलाडी प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि देशभरबाट सात सय खेलाडीको सहभागिता रहेको थियो ।
सन्दीपले बिग ब्यास लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसमक्ष पुनः बिग ब्यास लिग (बीबीएल) खेल्ने अवसर प्राप्त भएको छ । अस्ट्रेलियाको फ्रेन्चाई लिग बिग ब्यासले बुधबार २०२२/२३ का लागि सार्वजनिक गरेको ड्राफ्टमा लेग स्पिनर सन्दीप पर्नुभएको हो ।
प्रदेश–केन्द्रबीचको कानुन बाझिँदा कार्यान्वयनमा समस्या
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण हुनुका साथै प्रदेश–केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ।
प्रशिक्षकको खोजीमा क्यान
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
साफ यू–२० च्याम्पियनसिप : भारतको जितसँगै नेपाल बाहिरियो
लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो ।
नेपाल र बंगलादेशको खेल बराबरी
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
महिला साफ : दोस्रो चरणमा ३५ खेलाडी
काठमाडौंमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३५ जना खेलाडी छनोट भएका छन् । प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट ३५ खेलाडी छनोट गर्नुभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फा कार्यसमिति बैठक विहिबार
यसअघि बिबादका कारण स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक साउन २६ गते विहिबार बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो ।
भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा
नेपाल भलिबल संघको भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच मास्केले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
विश्व कप क्यारेम खेलका लागि खेलाडी छनोट
नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ ।
गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलालाई विवाह प्रस्ताव राख्नु भएको छ ।
राज र अजरको विजयी सुरुवात
राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो ।
छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो
नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेप सदस्य मानदेव हजाराले सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउनु भएको हो ।
साफ यू–२० च्याम्पियनसिप : नेपाल दबाबमा
भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा लगातार जित निकालेपछि उत्साहित बनेको नेपाल तेस्रो खेलमा आयोजक भारतसँग फराकिलो हार खेपेपछि दबाबमा देखिएको छ ।
नेपालगन्ज म्याराथन मङ्सिरमा
आठौं धारा नेपालगन्ज म्याराथन आगामी मङ्सिरमा हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मंसिर ३ गते शनिबार आयोजना गर्ने उल्लेख गरेको छ ।
दक्षिण अफ्रिकालाई सिरिज
घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ ।
पीएसजी फ्रेन्च सुपर कप च्याम्पियन
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
इङ्ल्यान्डलाई महिला युरोकप उपाधि
आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जासपद हार
साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार खेपेको छ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो ।
राखेपको आ.व. २०७९/०८० को कार्यक्रम र बजेट पारित
राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औ बैठकले राखेपको आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेप बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
राखेपको बाँकी बोर्ड सदस्य टुङ्गो चाँडै लाग्ने
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने बाँकी सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।
ब्राजिल कोपा अमेरिका महिला च्याम्पियन
कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्वियालाई १–० गोलले स्तब्ध बनायो ।