कतारमा टर्कीले सेना पठाउने
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।
सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा
एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात
नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाईल्यान्डसँग ३-० गोलले पराजित भयो ।
अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी
भारतविरुद्ध टी-२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
च्याम्पियन लिग : लिभरपुल र बायर्नको सानदार जित
लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेका छन् ।
एएफसी सदस्यमा एन्फा अध्यक्ष पंकजको उम्मेदवारी
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
खेबाङ गोल्डकपको उपाधि लालीगुराँसलाई
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ।
एएफसी यू-१७ एसियन कप : नेपालको लक्ष्य छनोट
भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट रहेको छ ।
लेस्टर सिटीको पहिलो जित
लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो ।
सुकेडाँगी फुटबलको उपाधि खुदुनाबारीलाई
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ । फाइनल खेलमा डाँगीबारी फुटबल क्लवलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी विजयी बनेर नगद ५० हजार रुपियाँ प्राप्त गरेको हो ।
नवौँ राष्ट्रिय खेलकुद – म्याग्दीमा खेल मैदान तयार
म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेल मैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।
भलिबलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न संघको अनुमति अनिवार्य
राष्ट्रिय प्रतियोगिताको नाममा देशभर अनियन्त्रित भलिबल प्रतियोगिता आयोजनाको लहर चलेपछि नेपाल भलिबल संघ (एनभीए)ले केही कडाइ गर्ने भएको छ ।
बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड
बक्सिङ खेलको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको हो ।
नेपालका क्यान्डिडेट मास्टर थापाको अपराजित यात्रा कायम
नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राख्नुभएको छ । आइतबार भएको पाँचौं चरणको खेलको माप्तिसँगै थापाले ४.५ अंक जोड्दै आफुलाई लयमा राख्नुभएको हो ।
म्यानचेस्टर सिटीको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति भएको म्यानचेस्टर डर्वीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ६–३ गोलले हरायो ।
१० खेलाडीको ओसासुनासँग रियलको बराबरी
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल तुलनात्मक रुपमा कमजोर टोली ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन
धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्ड मा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।
खुदुनाबारी महिला गोल्डकपको उपाधि धनकुटालाई
प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी धनकुटाले जितेको हो ।
भलिबल सङ्घलाई खेलकुद सामग्री सहयोग
घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रुपमा नेपाल भलिबल सङ्घ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।
मालोर्कालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा
स्पेनिस पावर हाउस बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो ।
सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई
लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आर्सनल र चेल्सी विजयी
शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।
मेस्सी र एमबाप्पेको गोलमा पीएसजीको जित
अर्जेन्टिनी स्टार लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ ।
इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा हुँदा १२९ को मृत्यु
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ ।