चेस टोली बंगलादेश प्रस्थान
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो ।
महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीण् टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो ।
नेपालको पहिलो खेल भुटानसँग
बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
युवती नाबालिका नभएको सन्दीपको दाबी
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गर्नुभएको छ । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।
बार्सिलोना फेरि शीर्षस्थानमा
बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेल्टा डि भिगोलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।
लिभरपुललाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै आर्सनल पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले हरायो ।
सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।
यू–१७ एसियन कप छनोट : नेपाल सबै खेलमा पराजित
नेपाल यू–१७ एसियन कप छनोटको सबै खेलमा पराजित भएको छ । समूह ‘एफ’ अन्तर्गत भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा आइतबार भएको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ गोलले पराजित भयो ।
एन्फा बैठक बोलाउन माग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का बहुमत केन्द्रीय पदाधिकारीले एन्फा कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पदाधिकारीले विभिन्न ६ वटा एजेन्डा माग गर्दै कार्यसमिति बैठक तत्काल बोलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङ समक्ष माग गरेका हुन् ।
म्यानचेस्टर सिटी शीर्षस्थानमा
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।
बराबरीमा रोकियो पीएसजी
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो ।
रियल म्याड्रिड शीर्षस्थानमा
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
सबै एक भएर नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सबै एक भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
एएफसी सदस्यमा नेम्वाङको उम्मेदवारी खारेज गर्न माग
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेज गर्न एन्फाकै बहुमत कार्यसमिति सदस्यले माग गरेका छन् ।
एएफसी यु–१७ एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार
भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५–० गोलले पराजित भयो । नेपाल यसअघि थाइल्यान्डसँगको पहिलो खेलमा ३–० गोलले पराजित भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद : खेल मैदान तयार गर्न जुटे वालिङका युवाहरू
अविरल वर्षाको कारण जनजीवन कष्टकर भईरहेका छ । तर वालिङका युवाहरु भने निरन्तरको झरीको कुनै वास्ता नगरी खेल मैदान निर्माणमा जुटेका छन् ।
युरोपा लिग फुटबल : आर्सनलको सहज जित
आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह ए अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोलले हरायो ।
फिफा वरीयतामा नेपालको एक स्थान सुधार
विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७५औं वरीयतामा उक्लिएको हो ।
क्रिकेटर सन्दीप लामिछाने प्रहरी वृत्त गौशालामा
बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको बराबरी
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
कतारमा टर्कीले सेना पठाउने
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।