विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।
केन्यासँग नेपालको लज्जासपद हार
केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।
एन्फालाई ७ हजार डलर जरिवाना
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ ।
टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिने
अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो ।
सन्दीप चम्किएपछि नेपाललाई केन्याको सामान्य लक्ष्य
कप्तान सन्दीप लामिछाने चम्किएपछि चौथो टी–२० खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि १०२ रनको सामान्य लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनायो ।
नेपालको टी–२० वरीयता खस्कियो
नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो ।
भारतसँग पाकिस्तान पराजित
साविक विजेता भारतले एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । युएईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हरायो ।
पाकिस्तानी महिला टोली काठमाडौंमा
भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाकिस्तानी महिला राष्ट्रिय फुटबल टोली आइतबार राति काठमाडौं आइपुगेको छ ।
नेपाल केन्याविरुद्ध फिल्डिङमा
केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
नेयमारको गोलले हारबाट जोगियो पीएसजी
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोना र रियलको सानदार जित
बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४–० गोलले हरायो । अर्को खेलमा रियलले स्पान्योललाई ३–१ गोलले स्तब्ध बनायो ।
केनको गोलमा टोट्टनहाम विजयी
ह्यारी केन चेम्किएपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोट्टनहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा २–० गोलले हरायो ।
साफ यू–१७ फुटबल टोली घोषणा
श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
केन्यामाथि नेपालको जित
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो । यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
केन्याद्वारा नेपाललाई एक सय ५७ रनको लक्ष्य
तेस्रो टी–२० खेलमा घरेलु टोली केन्याले जितको लागि नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनायो ।
फुटबल टोलीको ब्यवस्थापकमा अनिल
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई नियुक्त गरेको हो ।
केन्याविरुद्ध नेपाल पहिले फिल्डिङमा, अर्जुनको डेब्यु
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।
उत्साह छ, तर खेल्ने वातावरण छैन
चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ ।
बर्नमाउथमाथि लिभरपुलको गोल वर्षा
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।
नेपाल र केन्याबीचको तेस्रो खेल आज
नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–२० खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्ने लक्ष्य राखेको छ
बिउँतिदै ताराखोलाको ‘तारा खेल’
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ ‘तारा खेल’ । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ ।
तामाङलाई विश्वकै उच्चस्थानमा आयोजित गल्फ उपाधि
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै पहिलो हुनुभएको हो ।
ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार सुनिश्चित गरिएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिनुभयो ।
साग स्वर्णधारी सन्तोषी सम्मानित
पालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित हुनुभएको छ । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।