• २१ वैशाख २०८१, शुक्रबार

लुम्बिनी शान्तिदीपबाट ओलम्पिक टर्च र्‍याली शुरु

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोली   शान्तिदीपबाट दिगो (टर्च) लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

खेलाडीहरुले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी  पोखरातर्फ गएका छन् । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । 

उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्र भूूमिबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताउनुभयो । 

टर्च र्‍यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको दिगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर ऊर्जा थप्ने विश्वास लिनुभयो  ।

खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत गर्नुभयो ।

नवौं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।