• २१ वैशाख २०८१, शुक्रबार

महिला फुटबल : रेखाको ह्याट्रिकसँगै पुलिसको विजयी सुरुवात

blog

महिला फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, असोज २७ गते । रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।

१७औँ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेट पछाडि नै दोस्रो गोल थपेको थियो । रेखा पौडेलले एक्लो प्रयासका गोल गर्नुभयो । २१औ मिनटमा पौडेलले नै व्यक्तिगत दोस्रो गोल गर्नुभयो । २३औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गर्नुभयो । ८७औँ निरु थापाले गोल पुलिसलाई फराकिलो जित दिलाउनुभयो ।

खेलमा बागमतीकी गोलरक्षक सजना माझी घाइते भएपछि झराना नगरकोटीलाई मैदानमा उतारिएको थियो । खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडी राम्रो खेल्दा जित सम्भव भएको बताउनुभयो । बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेपेको बताउनुभयो ।