श्रीलङ्कालाई छैटौँ पटक एसिया कप उपाधि
एसिया कप टी-२० क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हरायो । श्रीलंकाले छैटौं पटक एसिया कप जितेको हो ।
सुदूरपश्चिम र पुलिसको जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले हरायो ।
बक्सिङ खेलाडी सुस्मालाई शिरीष फाउन्डेसनको सहयोग
बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको हो ।
प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
तेस्रो ब्यास युवा कप असोजमा
तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ । ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
अफ्ताब र प्रिन्सलाई स्वर्ण
बागमती प्रदेशका अफ्ताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो हुनुभएको छ ।
तीर्थबहादुरलाई म्याराथन उपाधि
नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो। भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
मध्यपुर थिमी–७ टिम च्याम्पियन
मध्यपुर थिमी ननगरपालिका–७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । थिमी–७ ले एक स्वर्ण दुई रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
यू–२० एसियन कप : नेपाल र भुटान भिड्दै
अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू–२० एसियन कप फुटबलको छनोटका लागि नेपाली युवा टोली बहाराइनमा छ । छनोट अन्तर्गत नेपालले पहिलो खेल आज भुटानसँग खेल्दैछ । खेल आज राति ८:४५ वजे सुरु हुनेछ ।
नेपाल टी–२० लिगको मार्की खेलाडी सार्वजनिक
नेपाल टी–२० क्रिकेट लिगको मार्की खेलाडी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।
बङ्गलादेश सेमिफाइनल नजिक
बंगलादेश काठमाडौंमा जारी छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हरायो ।
हरिलाई काठमाडौं म्याराथन उपाधि
१४औं संस्करणको काठमाडौं म्यारागथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नुभएको छ । काठमाडौंमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो ।
एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष थानीबीच भेटवार्ता
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमाद विन खलिफा विन अहमद अल थानीबीच भेटवार्ता भएको छ । अध्यक्ष नेम्वाङ र थानीबीच शनिबार कतारको दोहामा भेटवार्ता भएको एन्फाले जनाएको छ ।
साफ यु–१७ च्यापियनसिप : भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् ।
क्रिकेट कप्तान लामिछाने निलम्बित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ ।
गुल्मीबाट एक सय बढी खेलाडीले भाग लिने
गुल्मी जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिमा एक सय बढि खेलाडीले भाग लिने भएका छन् ।
यू–२० फुटबल टोली बहराइन प्रस्थान
बहराइनमा सेप्टेम्बर १० देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू–२० एसियन कप फुटबल छनोट खेल्न नेपाली युवा टोली बिहिबार बहराइन प्रस्थान गरेको छ ।
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
टिम इभेन्टमा ललितपुरलाई स्वर्ण
ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहिबार स्वर्ण जितेको छ । प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले हरायो ।
एनआरएनएको विजयी सुरुवात
कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहिबार भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हरायो ।
प्रेरणादायी व्यक्तित्व तेक्वान्दोका साधक खड्का
अशोक खड्का नेपाली तेक्वान्दोमा ठूलो सम्भावना बोकेका खेलाडी हुनुहुन्थ्यो । तर पटकपटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोक्यो ।
नेपाल टी–२० क्रिकेट लिगको दुई टोली घोषणा
असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल टी–२० क्रिकेट लिगका लागि दुई टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार थप दुई टोलीको घोषणा गरेको हो ।
नेपाल भलिबल सङ्घको अध्यक्षमा चन्द
नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार राति सम्पन्न नवौं चुनावी साधारणभाबाट चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्ष पदकी प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गर्नुभयो ।