• २२ वैशाख २०८१, शनिबार

महिला भलिबल : एपीएफ र पुलिस फाइनलमा

blog

महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक १ गते । विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् । 

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा जारी प्रतियोगितामा मंगलबार एपीएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । एपीएफले २३–२५, २५–२३, २५–२२, २५–१६ को जित निकालेको थियो । 

नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१८, २५–११ को सोझो सेटमा हरायो । एपीएफकी निरुता ठगुन्ना र पुलिस क्लबकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।