• १९ असोज २०८१, शनिबार

साइक्लिङमा आर्मी र एपीएफलाई स्वर्ण

blog

साइक्लिङमा पदक विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, कात्तिक १ गते । गण्डकी प्रदेशको राजधानी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफ क्लबले एक एक स्वर्ण जितेको छ । 

पोखराको याम्दी–हेम्जा सडकखण्डमा मंगलबार भएको महिला इन्डिभिज्युल टाइम ट्रायल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पूरा गर्दै आर्मीकी उषा खनालले स्वर्णपदक जित्न सफल हुनुभयो । 

यस्तै उक्त दूरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफकी हुमी बुढामगरले रजत पदक जित्नुभयो । ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकै मञ्जुकुमारी खड्काले कांस्य जित्नुभयो । 

पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रायल साइक्लिङमा एपीएफले स्वर्ण र कांस्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दूरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्णपदक जित्नुभयो । 

नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पूरा गर्दै रजत, एपीएफका लक्ष्मण मल्लले ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा पूरा गर्दै कांस्य जित्नुभयो ।