• २१ वैशाख २०८१, शुक्रबार

महिला कुस्तीका स्वर्णमा सेना र सुदूरपश्चिमको कब्जा

blog

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक १ गते । पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम नेपाली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जित्नुभयो । 

सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जित्नुभयो

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो ।