• २१ वैशाख २०८१, शुक्रबार

जयरानीले जित्नुभयो तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

blog

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार पोखरा रङ्गशालामा लङजम्प प्रतिस्पर्धा जयरानी थारु । तस्बिर : रासस

पोखरा, कात्तिक १ गते । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

कास्कीको पोखरा रङ्गशालामा आज (मङ्गलबार) सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको हो ।

यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गर्नुभयो ।

सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कांस्य पदक प्राप्त गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उहाँले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसक्नुभएको छ ।