• १९ असोज २०८१, शनिबार

पुरुष फुटबल : आर्मी फाइनलमा

blog

सेमिफमाइनलमा प्रतिस्पर्धा गर्दै आर्मी र गण्डकीका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, कात्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल हरायो ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीको जितमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्नुभयो । उहाँले ५८औं मिनेटमा गरकेो गोल निर्णायक बनेको थियो । उहाँ २४औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

अर्को सेमिफाइनलमा खेलमा मंगलबार समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।