• २१ वैशाख २०८१, शुक्रबार

पौडीमा मंगलबार दुई कीर्तिमान

blog

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक १ गते । नवौँ राष्ट्रिय खेलकुदमा पौडी प्रतियोगितातर्फ मंङ्गलबार दुई राष्ट्रिय कीर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् । 

५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेंडर शाहले आफ्नै कीर्तिमानमा सुधार गर्नुभयो । उहाँको नाममा रहेको २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डमा झार्नुभएको छ ।

यसैगरी पुरुष २ सय मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आर्षिश सापकोटाले २ मिनेट १६.४३ सेकेण्डमा दुरी सक्दै नयाँ कीर्तिमान बनाउनुभयो ।