• २१ वैशाख २०८१, शुक्रबार

महिला भलिबल : गण्डकीको विजयी सुरुवात

blog

महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार देखि सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । 

बेनीको खुला मञ्चमा सम्पन्न उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । अरुणा शाहीको नेतृत्वमा रहेको गण्डकीले घरेलु मैदानमा राम्रो खेल प्रदर्शन गरेको थियो ।गण्डकीले पहिलो सेटमा २५–१८, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २८–२२ को नजिता निकालेको थियो ।