• ७ पुस २०८१, आइतबार

बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड

blog

बक्सिङ खेलको मुख्य प्रशिक्षक प्रचण्ड शर्मा बीचमा ।

काठमाडौं, असोज १७ गते । बक्सिङ खेलको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।

प्रचण्डलाई राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले मुख्य प्रशिक्षकको जिम्मेवारीसहितको पत्र प्रदान गर्नुभयो । साथै राखेपले प्रचण्डलाई परिषद् अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकाे निर्देशकको जिम्मेवारी पनि प्रदान गरेको छ ।