• ११ असोज २०८१, शुक्रबार

खेबाङ गोल्डकपको उपाधि लालीगुराँसलाई

blog

ट्रफीसहित खेबाङ गोल्डकपको उपाधि विजेता टोली। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ। 

खेबाङ गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै लालीगुराँसले उपाधि जितेको हो। 

वडादशैँको अवसरमा आयोजित खेबाङ गोल्डकपको उपाधि चुम्दै लालीगुराँस क्लबले ट्रफीसहित एकलाख २५ हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ। उपविजेता बनेको पाँचथरको कुम्मायक गाउँपालिकाले नगद ६५ हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपर्‍यो।  

विगत तीन वर्ष अघिदेखि वडादशैँको अवसरमा आयोजना गर्न थालिएको खेबाङ गोल्डकपअन्तर्गत यस वर्ष तेस्रो संस्करण सम्पन्न भएको हो। रेफ्री अपिल राईका अनुसार सोमबार सम्पन्न प्रतियोगितामा पाँचथरका तीनसहित १० टोलीको सहभागिता रहेको थियो।