• ८ मंसिर २०८१, शनिबार

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

blog

उपाधिसहित लुम्बिनी प्रदेशका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज १६ गते । लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा १०–९ गोलले हराउँदै उपाधि जितेको हो । 

निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । उपाधिसँगै लुम्बिनीले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता कर्णाली प्रदेशले तीन लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी हुनुयो । उहाँले २० हजार रुपियाँ पाउनुभयो । यसैगरी उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही घोषित हुनुभयो ।

उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिता पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा सम्पन्न भएको हो ।