• ७ मंसिर २०८१, शुक्रबार

मेस्सीको गोलमा पीएसजी विजयी

blog

लियोनविरुद्ध गोल गरेपछि नेयमारसँग खुशी मनाउँदै लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, असोज ३ गते । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले गोल गरेपछि साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसैको मैदानमा १–० गोलले हरायो ।

मेस्सीले पाँचौँ मिनेटमा गरेको गोल पीएसजीको जितमा पर्याप्त बन्यो । मेस्सीले नेयमारको पासमा गोल गर्नुभएको थियो । घरेलु मैदानमा औसत बल पोसेसन राखेपनि लियोनले गोल फर्काउन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले आठ खेलबाट २२ अङ्क बनाएको छ ।

पराजित लियोन १३ अङ्कसहित छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २० अङ्क छ । घरेलु मैदानमा आइतबार राति नै भएको खेलमा मार्सेली रेनससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । मार्सेलीलाई बराबरीमा रोकेको रेनस १२ अङ्कसहित आठौँ स्थानमा छ । एजेन्सी