हरि कोइराला
उर्लाबारी, असोज २ गते । बेलबारी ८ प्रथम तरुण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बेलबारी १० को प्रस्तावित बेलबारी रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बेलबारी ८ ले बेलबारी ११ लाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
बेलबारी ८ को जितमा नन्दु खवासले २०औं र बिक्रम लिम्बूले ६६औं मिनेटमा गोल गर्नुभयो । बेलबारी ८ का सुरेन खवास म्यान अफ दि च्याच हुनुभयो । उहाँले १५ सय रुपियाँ पुरसकार पाउनुभयो ।
नेपाल तरुण दल मोरङ क्षेत्र नं. ३ ले आयोजना गरेको प्रतियोगितामा चार पालिकाका २६ वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछ ।