• ७ मंसिर २०८१, शुक्रबार

साफको उपाधि नेपालले गुमाउँदा बंगलादेश नयाँ च्याम्पियन

blog

साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, असाेज ३ गते ।  साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ।पहिलो पटक साफ च्याम्पियन बन्ने अवसर घरेलु मैदानमा नेपालले गुमाउँदा बंगलादेशले उपाधि उचालेको हो।

बंगलादेशले ३–१ गोल अन्तरले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई पराजित गर्दै उपाधि उचालेको हो।

बंगलादेशका लागि श्रीमोती कृष्णरानी सरकारले दुई गोल गर्नुभयो भने शामसुनाहरले एक गोल।नेपालका लागि अनिता बस्नेतले सान्त्वना गोल फर्काउनुभयो।यो जितसँगै बंगलादेश साफको नयाँ च्याम्पियन बनेको छ।



बंगलादेशसँग पराजित भएसँगै नेपाल पाँचौं पटक साफ च्याम्पियनसिपको फाइनलमा चुकेको छ।यसअघि चार पटक भारतसँग पराजित भएको नेपाल यो पटक बंगलादेशसँग उपाधि रक्षा गर्नबाट चुकेको हो।