‘देखिने गरी काम गर्ने छु’
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनले लामो समयदेखिको राजनीतिक प्रभाव उल्टाइदिएको छ । अघिल्लो निर्वाचनमा पराजित भएका धर्मराज केसीले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर नतिजा मात्र उल्ट्याउनुभएको छ ।
स्थानीय विकासलाई प्राथमिकता
गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर सागर ढकालले राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘भारत र चीनलाई सडकले जोड्न पहल गर्ने छु’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ । विसं. २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्का नेपाल विद्यार्थी सङ्घ डोटी क्याम्पस एकाइ समितिको उपसभापति हुनुभयो । पहिलो पटक २०३९ सालमा २३ वर्षको उमेरमा तत्कालीन खिरसैन गाउँपञ्चायतको प्रधानपञ्चबाट जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुभयो ।
‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने छु’
शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढा पहिलो पटक संसदीय यात्रा सुरु गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएपछि उहाँ पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका बुढाले १३ औँ महाधिवेशनमा नेपाली कां
इनिशाको शव अस्पतालमै
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उहाँको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ ।
असिना पानीले धनबालीमा क्षति
गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ । उहाँ रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किनु भएको छ ।
हावाहुरीका कारण विभिन्न स्थानमा क्षति
सोमबार रातिको हावाहुरीको कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षती पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेवार समुदायको ठुलो चाड पाहाँचःह्रे
नेवार समुदायको ठुलो चाडमध्ये एक पाहाँचःह्रे मङ्गलबार हर्षोउल्लासका साथ मनाइने भएको छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचःह्रे मनाउने परम्परा छ । स्थानीय नेवार समुदायको यो दसैँपछिको ठुलो पर्व हो । पाहाँ’ को अर्थ पाहुना हो भने ‘चह्रे’ को अर्थ चन्द्रमासको चौधौँ दिन हो । यो चाडलाई पासाचह्रे र पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।
कारणबिनै ग्यास अभाव
खाना पकाउने ग्यासको अभाव हुन सक्ने त्रासका कारण उद्योगले पर्याप्त ग्यास पठाए पनि बजारमा अभाव देखिएको छ । सहज रूपमा ग्यास नपाएका कारण खाली सिलिन्डर बोकेर पसल पसल डुल्नेहरू अझै सडकमा देखिने गरेका छन् ।
पञ्चकन्याका दुई उद्योगले विद्युतको बक्यौता तिर्नुपर्ने
विद्युत् नियमन आयोगको इजलासले डेटिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता रकम तिर्नुपर्ने गरी फैसला गरेको छ ।
यातायातको भाडा र निर्माण लागत समायोजन गर्न माग
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा असहज भएकाले मूल्यवृद्धि गरेकाले व्यवसायीले भाडा समायोजन गर्न माग गरेका छन् । त्यस्तै निर्माण व्यवसायी महासङ्घले भने इन्धनको मूल्य महँगो हुँदा लागत बढ्ने भएकाले निर्माण बिदा गर्न माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव टेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले भाडा समायोजन गरेर जान आग्रह गर्नुभएको हो ।
उपभोक्ता अदालतले उद्देश्य अनुरूप काम गर्न नसकेको गुनासो
नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ ।
नियामक प्रमुखलाई अर्थमन्त्रीको धन्यवाद
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आर्थिक स्थायित्व कायम गर्न नियामक निकायले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । अर्थमन्त्रीको जिम्मेवारीबाट बिदाइ हुनै लागेका खनालले विभिन्न नियामकीय निकायका प्रमुखसँग सोमबार मन्त्रालयमा भेट गर्दै यस्तो उल्लेख गर्नुभएको हो ।
ट्रम्प र सीबिच शिखर वार्ता हुने
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ ।
चीनको सहयोग प्रशंसनीय
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछि चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभएको छ । उहाँले आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभयो ।
चिकित्सक सङ्घको निर्वाचन अझै अनिश्चित
गत माघका लागि तोकिएको नेपाल चिकित्सक सङ्घको निर्वाचन मिति हालसम्म तोकिएको छैन । माघमा हुनुपर्ने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले मुद्दा हालेपछि निर्वाचन आयोगले तत्काल निर्वाचन नगराउन निर्देशन दिएपछि रोकिएको थियो ।
सुक्खा फोहोरको छुट्टै व्यवस्थापन
काठमाडौँ महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरको भार कम गर्न तथा फोहोरबाट आम्दानीसमेत गर्ने उद्देश्यसहित ‘रिसाइकल’ हुने सुक्खा फोहोरको छुट्टै व्यवस्थापन सुरु गरेको छ । सो कार्यका लागि महानगरपालिकाले ठेक्कासमेत लगाइसकेको छ ।
बालबालिकाको क्यान्सर उपचारमा सहकार्य
बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउनका लागि भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालबिच सहकार्य हुने भएको छ । बालबालिकाको क्यान्सर उपचारलाई व्यवस्थित बनाउने उद्देश्यले दुई अस्पतालका कार्यकारी निर्देशकबिच सम्झौता भएको छ । सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सरपीडित बालबालिकाका लागि एकीकृत उपचार सेवा सुनिश्चित गरिने छ ।
नेपालको समृद्धि साझा लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ ।
निर्वाचन प्रहरी : सुविधाभन्दा सिकाइ बढी !
रुपन्देहीको तिलोत्तमा–१ का ४७ वर्षीय प्रेमप्रसाद पौडेल निर्वाचन प्रहरीको ४० दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी घर फर्किनुभयो । पौडेलका लागि नेपाल प्रहरीको अस्थायी छोटो जागिर केवल रोजगारी मात्र नभई अनुभव, सिकाइ र जीवनमा नयाँ ऊर्जा थप्ने अवसर बन्यो ।
निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो।
पैदल यात्री भारतीय युवा पर्वतको गुप्तेश्वर गुफामा
एक बारको जिन्दगीमा हरेक मानिससँग आफ्नै इच्छा र सपना हुन्छन् । केही गरुँ भनी हुटहुटी बोक्ने युवाले फरक सपना देख्ने गर्दछन् । सपना देख्नेमध्ये थोरैले मात्र कठिन र चुनौतीपूर्ण मानिएको आफ्नो लक्ष्य हासिल गर्छन् ।
रानीवनमा लागेको डढेलो नियन्त्रणमा
पोखराको फेवाताल पारिको रानीवनमा आज बिहान र पुनः दिउँसो लागेको आगो नियन्त्रणमा लिइएको छ । आज बिहान वनमा आगो लागेपछि सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिए पनि पुनः ४ बजेपछि जंगलमा आगो फैलिएको थियो ।
फोहोर पानी नहरमा मिसाउने उद्योगको स्थलगत अनुगमन
बाँकेको जानकी गाउँपालिका –६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसिंदा आसपासका स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएको जनगुनासो आएपछि गाउँपालिकाका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।