सडक अवरुद्ध, यात्रुलाई सास्ती
मुगुको सदरमुकाम गमगढीदेखि सोरु लोकमार्गसम्म विभिन्न ठाउँमा पहिरो खस्दा यातायातका साधन सहज रूपमा आउजाउ गर्न सकेका छैनन्, जसले गर्दा यात्रुले सास्ती पाउन थालेका छन् ।
जनप्रतिनिधिले एक वर्षमा पच्चिस लाखको भात खाए
जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो ।
उपलब्धि कमजोर पार्न खोजे संविधान संशोधन मान्य हुँदैन : पूर्वमन्त्री शर्मा
पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गणतन्त्रका उपलब्धि कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ।
पाँच विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण
जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको हो ।
कटकुवाको दही चिउरा बटुवालाई मिठो परिकार
सुर्खेत–दैलेख सडकखण्डको छेडानजिक पर्ने कटकुवा दही चिउरा र खिरका लागि प्रख्यात छ ।
पोषणको अवस्था सुध्रिँदै
कर्णाली प्रदेशमा पछिल्लो समय पोषणको अवस्थामा सुधार हुँदै गएको छ ।
खैराबाङ मन्दिर पुनर्निर्माणमा ढिलाइ
यहाँको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम रोकिएको छ । बहुवर्षीय आयोजनाका रूपमा रहेको पुनर्निर्माणको कार्य बजेट कार्यान्वयन नगर्दा तत्काललाई रोकिएको हो ।
चाडपर्व लक्षित बजार अनुगमनमा जोड
रुकुमपश्चिमका चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय, विभिन्न पालिकाहरू, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले बजार अनुगमनलाई जोड दिएका हुन् ।
नागरिकका मुद्दालाई बोकेर मिसन ८४ मा भाग लिन्छौँ : प्रदेश इन्चार्ज बोगटी
नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले ग्रामीण क्षेत्रका खास निमुखा नागरिकका कुरालाई लिएर मिसन २०८४ मा भाग लिने बताउनुभयो ।
महिला सहभागिताको माग गर्दै प्रदर्शन
राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
सडक मर्मत नहुँदा यात्रुलाई सास्ती
बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ ।
प्रदेश सरकारसँग छैनन् ‘हेभी इक्विपमेन्ट’
कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपत् र निर्माण कम्पनीकै लापर्बाहीका कारण धेरै सडक असुरक्षित बन्दै गएका छन् ।
राउटे सहजै स्विकार्छन् ‘मृत्यु’
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो ।
गुनासो सुन्न ‘नमस्ते गुराँस’ कार्यक्रम
जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”कार्यक्रम शुभारम्भ गरेको छ ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिने
हिमाल जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले चाडपर्व लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
संविधान संशोधन र कार्यान्वयनको माग
रुकुमपश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखले समयानुकूल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
महालेखाले असुल गर्नु भनेको रकम उठ्नेमा आशङ्का
जिल्लाको रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाखभन्दा बढी रकम असुलउपर गर्नु भनेको छ ।
करार प्राध्यापकको भरमा विश्वविद्यालय
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ ।
गाउँमा संविधान दिवस मनाइयो
कालीकोटको खाँडाचक्र नगरपालिकाको शिक्षा शाखाले विद्यालयस्तरको वक्तृत्वकला आयोजना गरी संविधान दिवस मनाएको छ ।
बसपार्कको भाडा उठाउन कठिन
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा उठाउन नगरपालिकालाई कठिन भएको छ ।
महिला शान्तिसुरक्षा कार्ययोजना कार्यान्वयनमा सुस्तता
महिला शान्तिसुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजनाको गति सुस्त देखिएको छ ।
केबुलकार सम्भाव्यता अध्ययनमै अलमल
मान्म–कोटबाडा केबुलकार सञ्चालन गर्ने योजना सम्भाव्यता अध्ययनमै अलमल भएको छ ।
बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै
कर्णाली प्रदेशमा बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले भने सहजै स्विकार्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सहकार्य र समन्वय गर्ने प्रणाली : मुख्यमन्त्री कँडेल
नेपालको संविधान जारी भएपछि गणतन्त्र, सङ्घीयता र समानुपातिक सहभागिताको संस्थागत विकास अगाडि बढ्यो । सङ्घीयताको प्रमुख उद्देश्य नै सबै तहका सरकारमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नु हो ।