आफन्तलाई जागिर, करार कर्मचारीलाई भत्ता
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत नियुक्त गरिएका करार कर्मचारीलाई स्थानीय र महँगी भत्ताका नाममा दैलेखका स्थानीय सरकारले करोडौँ रुपियाँ खर्च गरेका छन् ।
जुम्लाको विकट क्षेत्रमा टेलिकमको सेवा
नेपाल टेलिकमले जुम्लाको अति विकट पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ ।
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमिल्सिना निर्वाचित
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।
‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैन’
खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ ।
विद्युत् सबस्टेसन निर्माण ढिला हुँदा सास्ती
कर्णालीका तीन जिल्ला मुगु, हुम्ला र जुम्लाको लागि कालिकोट जिल्लाको नाग्मस्थित विद्युत उत्पादनका लागि विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
डोल्पा ५ को वडाध्यक्षमा माओवादी केन्द्रका झाँक्री निर्वाचित
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।
मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग
कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिले प्रदेश सरकारले एक विद्यालय एक मनोविमर्शकर्ता, एक पालिका एक मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग गरेका छन् ।
‘बाँचौँला र घर बन्ला जस्तो लागेको थिएन’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, भल्माका ५१ वर्षीय हरिजङ्ग मल्ललाई गत वर्षको भूकम्प आएका बेला जीवन जोगिएला, बाँचौँला, घर बन्ला र परिवारका साथ बस्न पाऊँला भन्ने लागेकै थिएन ।
नलगाडको उपप्रमुखमा माओवादी केन्द्रका देवका लामिछाने विजयी
नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो ।
महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी
महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक मत परिणाम अनुसार एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।
दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
दैलेखको दुल्लु नगरपालिका –१३ मा नेकपा (एमाले) का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै विजयी हुनुभएको हो ।
सानीभेरी ५ मा कांग्रेसका मोतीराम खत्री विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ । उहाँले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो ।
कुशे ७ को वडाध्यक्षमा काँग्रेसका सिंह विजयी
जाजरकोट कुशे गाउँपालिका –७ को वडाअध्यक्षको लागि आज भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्म्ोदवार खम्ववहादुर सिंह विजयी हुनु भएको छ ।
मतपेटिका सुरक्षित ठाउँमा ओसार्दै
रुकुम पश्चिमको सानीभरी गाउँपालिका ५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतपेटिका गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लाखुरीबोटतर्फ लैजाँदै सुरक्षाकर्मी ।
वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी व्जियी भयको छ । भरखर सकिएको मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार खड्कराज शाही विजयी हुनुभएको हो ।
रुकुम पश्चिमको सानीभेरीमा ५ मा मतगणना सुरु
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।
रोल्पामा पुरिएका पाँच मजदुरको शव जिल्ला अस्पताल ल्याइयो
आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ।
सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ ।
जाजरकोटमा नौ हजारभन्दा बढी मत खस्यो
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता सङ्ख्याको ५५ प्रतिशत रहेको छ ।
रुकुमको सानीभेरीमा ७० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ ।
मालुवातरा मतदान केन्द्रमा ७ जना क्रियापुत्रीले गरे मतदान
नलगाड नगरापालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् ।
कालीकोटको राँचुलिमा शान्तिपूर्ण मतदान
उपनिर्वाचन अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलिमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
जाजरकोटमा चार हजारभन्दा बढी मत खस्यो
उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।