गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १८ गते । नेपाल टेलिकमले जुम्लाको अति विकट पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका–२ मा नयाँ साइट निर्माण गरेर आइतबारदेखि टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
सो क्षेत्रमा मोबाइल सेवा सञ्चालन भएसँगै उक्त गाउँपालिकाको गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ र छुमचौरगाउँका बासिन्दाले पहिलो पटक दूरसञ्चार सेवा प्रयोग गर्न पाएका छन् ।
यस भेगका स्थानीयवासी, व्यवसायी तथा घुम्न आउने पर्यटकले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।