शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ७ गते । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा. बुद्धिमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।
कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उहाँलाई पार्टीको विधानबमोजिम नियुक्त गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।